एनआरटी अध्यक्ष वज्राचार्य निर्वाचित

13394144_10208148162636206_2075242449144976318_nकाठमाडौं खेल मण्डल (एनआरटी) को अधयक्षमा दीपकहर्ष वज्राचार्य निर्वाचित भएका छन् । अघिल्लो कार्यसमितिमा कार्यवाहक अध्यक्ष रहेका वज्राचार्यले ५२ मत प्राप्त गरे । उनका निकत्तम प्रतिद्वन्द्वी दुर्गा महर्जनले ३१ मत ल्याए ।

वज्राचार्य नेपाल जुडो संघका अध्यक्ष पनि हुन् ।

एनआरटीको शनिबार सम्पन्न साधारणसभाले वज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । कोषाध्यक्ष बाहेक सबै पदमा मतदान भएको थियो ।

प्रथम उपाध्यक्षमा विनयसिंह प्रधान, द्वितीय उपाध्यक्षमा योगम्बर सुवाल तथा तृतीय उपाध्यक्षमा नवीन सुवाल रहेका छन् । महासचिवमा सुन्दरनरसिंह जोशी तथा सचिवमा महेन्द्रबहादुर मल्ल विजयी भए । धर्मकृष्ण मानन्धर कोषाध्यक्षमा निर्विरोध चुनिए ।

सदस्यमा विकेन सुवाल, महेश्वर मुल्मी, ध्रुव तुलाधर, राजु केसी तथा विराटकृष्ण श्रेष्ठले जित हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...