सुनसरी ‘ए’ लाई उपाधि

indexआयोजक नेकपा एमाले सुनसरी–काठमाडौं सम्पर्क मञ्चको ‘ए’ टिमले बृहत कोशी अञ्चलस्तरीय फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

कीर्तिपुरमा भएको फाइनलमा सुनसरीले नेकपा एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चलाई ४–० गोलअन्तरले पराजित ग¥यो । चारै गोल आशिष थपलियाले गरे ।

पहिलो हुनेले ३ तथा दोश्रोले २ हजार नगद पुरस्कार प्राप्त गरे । मोरङका गुणराज दाहाल उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सुनसरी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हरि रावतलगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ८ टिम सहभागी थिए । यसअघि प्रतियोगतिाको उद्घाटन पनि सदस्य–सचिव विष्टले नै गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...