रोजिल, ओजेश र आयुश प्रथम

indexराष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले सञ्चालन गरेको लेभल वान कोर्षको क्रिकेटमा रोजिल थापा, फुटबलमा ओजेश पोखरेल तथा टेबलटेनिसमा आयुश गौतम प्रथम भएका छन् ।

त्यस्तै लेभल टुको क्रिकेटमा अनिललाल प्रधान र शशांक जोशी, फुटबलमा एलस श्रेष्ठ तथा टेबलटेनिसमा प्रबोध केसी प्रथम भए । लेभल वान र टुमा जम्मा २ सय ३० जना सहभागी भएकामो १ सय ७० उत्तीर्ण भएको सानकी अधिकृत अनन्तादेवी खनालले जनाएकी छन् ।

उनीहरुलाई राखेप सदस्य–सचिव केशकुमार विष्ट, राखेपका प्रेस सल्लाहकार रोहित दाहाल, सानका निर्देशक डा. प्रकाश प्रधान, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापालगायतले प्रमाण पत्र वितरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...