म्याराथन धावक मानन्धरलाई पोखराबाट विदाई

indexदिननाथ बराल

दक्षिण एसियाली खेलकुद (साग) मा स्वणर््ा पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई सुक्रबार पोखरामा हङकङ यात्राको सफलताको कामना सहित एक समारोहका विच विदाई गरीएको छ ।

सहारा क्लव, पोखराका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीले फुलमाला तथा खादा एवं मायाको चिनो हस्तान्तरण गरी धावक मानन्धरलाई विदाई गरेको महासचिव केशवराज बरालले बताए । सहारा क्लव हङकङले यही जेठ ३० गते अर्थात १२ जुनमा आयोजना गर्ने उक्त च्यारीटि हाईकिङ कार्यक्रमको प्रमुख अतिथिको रुपमा उनलाई निमन्त्रणा दिए पछि धावक मानन्धर उक्त कार्यक्रममा सहभागि हुने भएका छन ।

कार्यक्रममा बोल्दै पदकधारी मानन्धरले धेरै बर्ष पहिला पनि पोखरामा दौडन आउने गरेको पं्रशङग कोट्याउदै पोखरामा खेल पर्यटनको र खेलकुदको प्रचुर सम्भावना भएको उनले बताए । पोखरेलीहरुले हौसाएको कारणले गर्दा आफुले म्याराथनमा नेपालको राष्ट्रिय कृतिमान राख्न सफल भएको दाबी गरे । उनले वातावरणकोे हिसावले पोखरा उपयुक्त भएकोले यहाँका खेलाडी र खेलकुदको विकासको लागि सवै जुट्नु पर्ने बताए । नेपाल ओलम्पीक कमिटिका सदस्य एवं क्लवका सल्लाहकार तेज बहादुर गुरुङले नेपालका पदकधारी बैकुण्ठ मानन्धरको हङकङ यात्राले नयाँ युवा पिढिमा तरङग पैदा गराउने बताए ।

राष्ट्रिय खेलकृुद परिषदका सदस्य फक्त बहादुर गुरुङले क्लवले खेलकुदको साथमा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै राखेपबाट आवश्यक सहयोगको लागि समन्वय गर्न तयार रहेको जनाए ।  पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, क्लवका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा लगायतले पदकधारी मानन्धरको हङकङ यात्रा सहित हङकङ वसाईको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नवनिर्वाचित कार्यसमितिलाई वदाई ज्ञापन गरीएको थियो । मञ्च कास्कीका अध्यक्ष केशव पाठक, उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, सह–सचिव अर्जुन गिरी, सदस्य उमेश पुनलाई ३ बर्षे कार्यकालको सफलताको कामना सहित माला तथा खादा लगायर वधाई ज्ञापन गरीएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...