नेपाल सरकार द्वारा आर्थिक सहयोग प्रदान

मिति २०७३ पौष ८ देखि १५ गते सम्म सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा सम्पन्न हुने क्रममा घाईते तथा मृत्यु वरण गर्नुहुने खेलकर्मीहरुको आश्रीत परिवारजनलाई मन्त्रिपरिषद्को मिति २०७३।११।२५ को निर्णयानुसार आर्थिक सहयोग दिइएको छ ।
यस क्रममा गम्भीर घाईते भएका मनराज शाहीलाई उपचार खर्च र दुई मृतक खेलकर्मी कर्ण बहादुर खड्का र बासुदेव भट्राईको परिवारलाई प्रति परिवार रु. १० लाख रकम उपलब्ध गराईएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयानुसार प्राप्त रकम आज एक कार्यक्रमका बीच  युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले मृतक तथा घाइते खेलकर्मीका आश्रीत परिवारहरुलाई वितरण गर्नु भयो ।

सो अवसरमा खेलाडीहरुको भलाईको लागि युवा तथा खेलकुद मन्त्रलाय लागि परेको बताउनुहुदै खेलाडीहरुको विमा गर्ने तथा खेलाडीहरुको कल्याणकारी कार्यका लागि  खेलाडी कल्याणकारी कोष गठनकालागि सम्वन्धित पक्षहरुसंग छलफल अगाडी बढाइरहेको व्यहोरा उहाँले जानाकारी गराउनुहुदै सरकार समग्र खेलकुद क्षेत्रको पूर्वाधार विकास, विस्तार तथा  खेलकर्मीहरुको हितको लागि क्रियाशिल रहने प्रतिबद्धता समेत जनाउनु भयो ।

उक्त अवसरमा मृतक कर्ण बहादुर खड्काकी श्रीमती विअ खड्का, मृतक खेलकर्मी बासुदेव भट्राईकी श्रीमती मना भट्टराई र घाइते मनराज शाहीले मन्त्रालयले उपलब्ध गराएको रु. १० लाख रकमको चेक बुझ्नु भएको थियो । सहयोग रकम वितरण कार्यक्रममा मन्त्रालयका सचिव महेश प्रसाद दहाल एवं उच्च अधिकारीका साथै खेलकुद क्षेत्रका व्यतित्वहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...