राष्ट्रिय भलिबल लिगलाई २० लाख

नेपाल भलिबल संघले मुख्य प्रायोजकको रुपमा राष्ट्रिय बाणिज्य बैंकको साथ पाएको छ । राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगिताका लागि राष्ट्रिय बाणिज्य बैंकले २ बर्षका लागि २० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ ।

नयाँ बानेश्वरको इन्द्रणी फुडल्याण्डमा आइतबार आयोजित कार्यक्रममा भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार राष्ट्रिय बाणिज्य बैंकले प्रत्यक बर्ष १० लाखका दरले दुई वर्षकालागि लिगलाई प्रायोजन गर्नेछ । सम्झौता पश्चात राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ को नामबाट सञ्चालन हुदै आएको प्रतियोगताको नाम ‘एभीए—आबीबी राष्ट्रिय क्लब लिग’ रहने छ । सम्झौता २०७४ साल चैत २० गतेसम्म कायम रहने बताइएको छ ।

कार्यक्रममा संघका महासचिव जितेन्द्रबहादुर चन्दले यो सम्झौतापछि आगामी दिनमा थप प्रायोजक भित्रिने सम्भावनाको पनि ढोका खुल्ने विश्वास ब्यक्त गर्दै लिगलाई व्यवस्थित रुपमा आयोजना गर्ने प्रतिवद्धता जनाए । यसैगरी बाणिज्य बैंकका अध्यक्ष डा. रवीन्द्रप्रसाद पाण्डेले खेलकुद क्षेत्रमा केही गर्ने सोचका साथ भलिबलबाट प्रायोजना सुरु गरिएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको चर्चित खेल भलिबललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

प्रतियोगिता २०७३ चैत्र २९ गते देखि २०७४ बैशाख ४ गते सम्म राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुरु हुँदै छ ।

प्रथम ,द्वितिय, तृतीय र चोथौ स्थान टिमलाई क्रमश: २ लाख, १ लाख, ५० हजार र २५ हजार प्रदान गरिने छ ।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु.१५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट लिब्रो, उत्कृष् सरभर, उत्कृष् ब्लकर, उत्कृष् लिफ्टर, उत्कृष् स्पाइकर र उत्कृष् प्रशिक्षकले पनि महिला तथा पुरुष तर्फ जनही रु.५ हजार प्राप्त गर्ने छन् ।

पुरुष तर्फ नेपाल स्पोर्टस क्लब, नेपाल आर्मी क्लब, ए.पी.एफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, नेपाल प्रहरी क्लब, ढोरपाटन स्पोर्टस क्लब, जावलाखेल भलिबल तलिम केन्द्र र मणिमुकुन्द भलिबल क्लब(बुटवल )ले प्रतिस्पर्धा गर्ने छन् भने महिला तर्फ न्यू डायमन्ड क्लब, नेपाल प्रहरी क्लब, ए.पी.एफ क्लब, वेष्टर्न टप्स, नेपाल आर्मी क्लब र जावलाखेल स्पोर्टस क्लबले सहभागिता जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...