नेपाली र श्रीलंकाली टोलीबीच ट्वान्टी–२० शृंखला हुने

खेलदैनिक, ९ चैत / श्रीलंका र नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएको ६० औं वार्षिकोत्सवको अवसरमा नेपाली राष्ट्रिय टोली र श्रीलंकाका वर्तमान राष्ट्रिय टोलिका केही सदस्य तथा भेट्रान खेलाडी मिश्रीेत टिमबीच काठमाडौंमा ट्वान्टी–२० शृंखला हुने भएको छ। अप्रिल २५ देखि मे १ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा चल्ने शृंखलामा गोर्खा राइनोज र लंकनलायन्सबीच तीन ट्वान्टी–२० खेल हुनेछन् ।

नेपाली टोलीले गोर्खा राइनोज तथा भ्रमणकारी श्रीलंकाली टोलीले लंकन लायन्सको नामबाट शृंखला खेल्ने काठमाण्डौमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईइो । गोर्खा राइनोज राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रिनेछ भने लंकन लायन्सको कप्तानी श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी अरविन्द डी सिल्भाले गर्नेछन् ।
नेपालक्रिकेट संघ (क्यान) को प्राविधिक सहयोगमा हुने शृंखलाको सम्पूर्ण व्यवस्थापन पेरिविंकल सर्भिसले गर्ने जानकारी प्रमुख कार्यकारी अधिकृत दीपेश घलेले दिए ।

शृंखलाको अर्को उदेश्य भनेको नेपाली क्रिकेटरहरुलाई उच्चस्तरीय प्रतिस्पर्धाको मौका मिलाउनु पनि रहेको घलेले बताए । शृंखलाकालागि नेपाल भ्रमण गर्ने लंकन लायन्सको टोलीमा वर्तमान श्रीलंकाली टोलीका खेलाडीहरु उपुलथारंगा, रंगना हेराथ, डिल्शानमुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादारा रहनेछन् । यसैगरी सनथजयसूर्यासँगै चामिन्दाभास, रोमेस कालुविथर्ना, उपुलचन्दना, फरभेज माहरुफ, , दिलहारा फर्नान्डो, कौशल्या वैरारत्नेलगायतकापूर्व अन्तर्राष्ट्रिय खेलाडीहरुले नेपाली टोलीविरुद्ध कीर्तिपुरको मैदानमा खेलेको नेपाली दर्शकले हेर्न पाउनेछन् ।

कीर्तिपुरमा हुनलागेको यो ऐतिहासिक शृंखलाको समापनका अवसरमा नेपाली क्रिकेटका केही महान व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ भने महिला राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापा, नेपाल नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, नेत्रहिन क्रिकेट टोलीका पुरुष कप्तान कृतनश्रेष्ठ दुवाल र महिला कप्तान भगवती भट्टराई तथा नेपालका पहिलो आईसीसी प्यानलक्रिकेट अम्पायर बुद्धि प्रधानलाई पनि सम्मान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...