रेलवे टोली तेस्रो प्रधानमन्त्री कप च्याम्पियन

x260c70fca7b0bb4a153c67eb4ec80c09_L.jpg.pagespeed.ic.akA3RhvUETभारत उत्तर प्रदेशको रेलवे टोली तेस्रो प्रधानमन्त्री कप इन्डो–नेपाल महिला भलिबल च्याम्पियन भएको छ। नेपाली भलिबलको नम्बर एक टोली एपिएफ क्लब एक वर्षपछि घरेलु कोर्टको फाइनलमा असफल भएको छ।

यसअघि गत वर्ष तिजको अवसरमा पोखरामा भएको राष्ट्रिय महिला भलिबलमा एपिएफ फाइनलमा न्यु डायमन्डसँग पराजित भएको थियो।त्यतिबेला एपिएफले पाँच सेट खेलेर हारेको थियो। तर, शनिबार नेपालगन्ज रंगशालामा रेलवेले फाइनलमा एपिएफलाई १९–२५, २५–१९, २५–२३, २५–१६ ले निराश बनायो।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको ट्रफी भने न्यु डायमन्ड एकेडेमीकी प्रतिभा मालीले पाइन्। उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकर रेलवेकी अनुसी घोष, सेटर रेलवेकै चम्मा देवी, उत्कृष्ट सर्भर एपिएफकी नेबिका चौधरी, उत्कृष्ट लिबेरो डायमन्डकी सलिना श्रेष्ठ भएका थिए।


प्रतिक्रिया दिनुहोस

Loading...