तेस्रो राष्ट्रिय पुरुष लिग भलिवलको उपाधि पुलिसले कव्जा गरेको छ।
पुलिसले आइतबार अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा २५–१७, २५–१८, २५–१४ ले हराउँदै उपाधि हात पारेको थियो।
जितले पुलिस दुई महिनाअघि प्रधान सेनापती कपमा आर्मीसँग भोगेको हारको बदला लिन पनि सफल भयो।
दुई महिनाअघि काठमाडौंमा भएको प्रधान सेनापती कप पुरुष खुला राष्ट्रिय भलिबलको फाइनलमा पुलिस आर्मीसँग सोझो सेटमा पराजित भएको थियो।
तर त्यसयता पुलिसले लगातार तीन प्रतियोगिताको उपाधि जित्दै पुन नम्बर एक टोलीको रुपमा आफूलाई उभ्याएको छ।
पुलिसले पछिल्लो महिनामा यसअघि नयाँ बजार कप खुला भलिबल र बुटवलको खुला राष्ट्रिय प्रतियोगिता जितेको थियो।