दोस्रो नयाबजार खुल्ला भलिबल प्रतियोगिताको उपाधिको लागि विभागिय टोलि एपिएफ र स्याङजको आधीखोला बीच खेल हुने भएको छ ।
नयाबजारमा जारी दोस्रो नयाबजार खुल्ला भलिबल प्रतियोगिताको उपाधिको लागि आधीखोलाले नेपाल आर्मी तथा एपिएफले आयोजक नयाबजार युवा क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
प्रतियोगिता अन्र्तगत शुत्रवार भएको पहिलो सेमिपाईनल खेलमा विभागिय टोलि एपिएफले आयोजक नयाबजार युवा क्लबलाई २५–१९, २५–१८ र २५–२१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय
गरेको गर्यो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा स्याङजाको आधीखोला स्पोर्टस् क्लबले नेपाल आर्मीमाथी २५–२३, २१–२५, २५–२२, २०–२५ र १५–९ को सेटमा रोमाञ्चक जित हात पार्दै एपिएफसंगको भेट पक्का गरेको हो ।
फाईनल र तेस्रो स्थानको खेल शनिबार हुने छ।