ए.पि.एफ लाई प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनल खेलमा सुदुर पश्चिमाञ्चललाई ८ विकेटले हराउदै ए.पि.एफ.ले उपाधीमाथी कब्जा जमायो ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको सुदुरपश्चिमाञ्चल २० ओभर खेल्दै ७ विेकेटको नोक्सानी ५७ रनमात्र बनाउन सक्यो सु.प.को लागि सम्झना खड्का १६ बाहेक अरु कसैले दोहोरो अंक बनाउन सकेनन् ।

ए.पि.एफ.को लागि रितृ कनजियाले ३ र सीता राना मगरले १ विकेट लिएका थिए । जवाफि ब्याटिङ्गम आएको
ए.पि.एफ. १४.१ ओभरमा २ विकेटको नोक्सानीमा ए.पि.एफ.ले विजय लक्ष्य पुरा गुरेको थियो । ए.पि.एफ.को लागि सीता रानामगरले १६ सरिता मगरले २२ रन बनाए । सु.प.को लागि रेखा रावतले १ विकेट लिईन ।

खेलको प्लेयर अफ द फाइनल र प्रतियोगिताको बेष्ट बलर ए.पि.एफ.की रितृ कनजिया भईन उनले नगद रु. ५,००० संगै ट्रफि पाइन त्यसैगरी प्रतियोगिताको बेष्ट ब्याट्स युमन सु.प.की रेखा रावत घोषित पाइन उनले पनि रु. ५,०००
संगै ट्रफि पाइन ।

त्यस्तै प्रतियोगिताकै प्लेयर अफ द सिरिजको रुपमा नगद रु. १०,००० सहित ट्रफि ए.पि.एफ. की सीता रानामगरले पाइन । बिजेता ए.पि.एफले ट्रफि सहित रु. १,००,००० र उपबिजेता सु.प.ले ट्रफि सहित रु. ५०,००० प्राप्त ग¥यो बिजेता र उपविजेता टिमहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव श्री केशवकुमार बिष्ट तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकी तथा नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेल, प्याब्सन सुनसरी अध्यक्ष सुमित थापा, हिसान सुनसरी अध्यक्ष मुकुन्द्र घिमिरे र उ.बा.संघ इटहरी का बरिष्ठ उपाध्यक्ष शैलेश बिष्ट लगायत अतिथिहरुले पुरस्कार वितरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...