नेपालले स्वर्ण जित्ने मौका गुमायो

92f1e8257fc292cb48e2b85de28f34d5_Lनेपालले फाइनलमा श्रीलंकालाई ७५–४९ ले नतिजा सुम्पेपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामास्वर्ण जित्ने मौका गुमायो ।

राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा नेपाल उपविजेता सीमित भयो।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा पहिलो क्वार्टरमा १५–११ ले अग्रता लिएको श्रीलंकाले दोस्रो क्वार्टरमा २०–१३ स्कोर गरेको थियो। तर, तेस्रो क्वार्टरमा१७–१६ स्कोर गर्दै खेलमा कमब्याक गर्ने कोसिस गर्नाका बावजुत डिफेन्स र सुटिङ कमजोर भएपछि घरेलु कोर्टमा नेपालले पुनरागमन गर्न सकेन।

नेपालको स्कोर माथि उकास्न भावना लामाले सर्वाधिक ११ स्कोर गरिन्। प्रतियोगिता धेरै स्कोर गरेकी स्नेहा श्रेष्ठले श्रीलंकाविरुद्ध ८ स्कोरमात्र गरिन्। उनी४ खेलमा ७१ स्कोर गर्न सफल भइन्। राष्ट्रिय टोलीकी उपकप्तान प्रीति तुलाचनले फाइनलमा ६ स्कोर गरिन्। श्रीलंकाका लागि इरान्दी गालेजले १४ स्कोर गरिन्।

दोस्रोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएको नेपाली महिला टोलीले शनिबार जितेको रजत पदक पहिलो अन्तर्राष्ट्रिय पदक हो।


प्रतिक्रिया दिनुहोस

Loading...