अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्।
सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ।
बीबीसीका अनुसार यसै वर्षको अन्त्यसम्ममा कुन अवधारणामा खेल संचालन गरिने भन्ने निर्णय लिइनेछ।
हाल टेस्ट मान्यता प्राप्त गरेका खेल्ने राष्ट्रले एक अर्का विरुद्ध खेल्न टेस्टका आधारमा विश्व वरियतामा जारी गरिँदै आइएको छ। सहभागी टोलीको संख्या धेरै हुने र होम एण्ड अवे का आधारमा हुने लिगले वर्षको अन्त्यमा च्याम्पियन टोलीको निर्धारण गरिनेछ।
उनले टेस्ट क्रिक्रेटलाई जोगाउनका लागि पनि टेस्ट खेल्ने राष्ट्रको संख्या घटाउनुको साटो बढाउन पर्ने बताए । यस अवधारणाले मुर्त रुप पाएमा एक दिवसीय खेलको पनि मान्यता नपाएका नेपाल जस्ता एसोसियट राष्ट्रले टेस्ट मान्यता पाउँदै टेस्ट राष्ट्रसँग प्रतिशपर्धा गर्ने मोैका पाउनेछन् । (Nagarik)