व्याडमिन्टन टोली चाईना प्रस्थान

indexमित्र राष्ट्र चाईनाको उहानमा आयोजना हुने दोङ्ग फेङ्ग सिट्रोन ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०१६ मा सहभागि हुन नेपाली टोली त्यस तर्फ प्रस्थान गरेको छ ।

नेपाली टोलीमा टिम व्यवस्थापकमा नेपाल व्याडमिन्टन संघका उपाध्यक्ष प्रताप अधिकारी, टिम प्रशिक्षकमा किरण थापा, खेलाडीहरुमा रत्नजित तामाङ्ग, विकास श्रेष्ठ र विष्णु कटुवाल रहेका छन् ।

विडब्लुएफ सुपर सेरिज लेभलको २ लाख डलर पुरस्कार राशी रहेको प्रतियोगितामा रत्नजितले पुरुष एकलमा तथा विकास र विष्णुले पुरुष जोडीमा प्रतिस्पर्धा गर्ने छन् ।

विश्वका उच्च ३२ मा रहेका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा नेपाली खेलाडीहरु वाईल्ड कार्ड मार्फत उक्त प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाल ब्याडमिन्टन संघका महासचिव रामजी बहादुर श्रेष्ठले जनाएका छन् ।

प्रतियोगिता २६ अप्रिल देखि १ मे सम्म हुनेछ । अघिल्लो संस्करणमा रत्नजित तामाङ्ग प्रि–क्वाटरफाइलनमा पुगेका थिए । उनले ७ सय ५० डलर समेत प्राप्त गरेका थिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डि शेर्पाले बिदाई गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...