मन्त्री मंडल र अष्ट्रेलियन राजदुतविच भेट

indexमाननिय युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडल र अष्ट्रेलियन राजदुत ग्लेन ह्वाईटविच राष्ट्रिय खेलकुद परिषदमा सोमबार भेट बार्ता भएको छ ।

अन्तराष्ट्रिय ब्याडमिन्टन महासंघको आयोजनामा विश्वभर आयोजना हुने कार्यक्रम “सटल टाईम”को उद्घाटनका क्रममा राखेप आएका मन्त्री र राजदुतविच दुई देशविचको आपसी सम्वन्ध, खेलकुद विकास र अन्य सम्वन्धका बारेमा विचार विमर्श भएको थियो ।

सो अवसरमा मन्त्री मंडलले यस्त कार्यक्रमले कलिला बालबालिकालाई खेलकुदमा आकर्षित गर्नेमा आफु विश्वस्त भएको भन्दै अष्ट्रेलियाले खेलकुद क्षेत्र लगायत अन्य क्षेत्रमा नेपाललाई गरेको सहयोगको स¥हाना गर्नुका साथै यस्ता कार्यले खेलकुद विकास मात्र नभई राज्यको सम्वन्ध विकास गर्ने एक महत्वपूर्ण कढी भएको बताए । उनले खेलकुद कृयाकलाप खेलकुदको विकास मात्र नभई दुई देशविच साँस्कृतीक र रहनसहनको आदान प्रदान गर्ने माध्यम समेत रहेको बताए ।

राजदुत ह्वाईटले खेलकुदको माध्यमले विश्वमा शान्तिर स्वास्थ्यमा विकास गर्न पहल पुग्ने भन्दै २० हजार बालबालिकालाई प्रारम्भिक स्तरबाट ब्याडमिन्टनमा लगाई यसको विकास गर्ने उद्धेश्य रहेको बताए । उनले अष्ट्रेलियामा ब्याडमिन्टन मात्र नभई नेटबल पनि उत्तिकै लोकप्रिय भएकोले नेपालमा पनि यस खेलको विकासमा पहल गर्ने बताए । यस्ता खेलकुद गतिबिधीले विश्वमा भाईचाराको सम्वन्ध विकास गर्न मद्धत पुग्नेमा आफु विश्वस्त रहेको समेत ह्वाईटले जनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...