रिजिन महर्जनलाई एकल उपाधी

indexललितपुरका रिजिन महर्जनले न्यू ईयर ब्याडमिन्टन फेस्टिभल – २०७३ को यु – १५ ब्वाईज उपाधी हात पारेका छन् ।

उनले सोमबार भएको फाइनलमा ललितपुरकै क्षितिज थापालाई २१–१७ र २१–८ले पराजित गर्दै उपाधी हात पारेका हुन् । प्रतियोगितामा कम्पिलट हेल्थ क्लबका पेम्वा शेर्पा र रिमो महर्जनले कास्य पदक पाए ।

उनीहरुले गिफ्ट ह्याम्परका साथै खेल सामाग्री, मेडल, प्रमाण पत्र तथा ट्रफी प्राप्त गरे ।

सोलीब्याड डे तथा नयाँ बर्षको उपलक्षमा जि ६ टिमले आयोजना गरेको प्रतियोगिताको पुरुष युगल खुला तर्फको खेलमा देवी नगर ब्याडमिन्टन क्लबका सन्तोष मोक्तान र अनिल थाम्सुहाङ्गको जोडीले तिनचुली ब्याडमिन्टनका अभिषेक गुरुङ्ग र नारायण गौतमको जोडीलाई २१–१४, २०–२२ र २१–५ले पराजित गर्दै स्वर्ण हात पारे । तेश्रो स्थानमा नेपाली सेनाका रुकेश र प्रफुल्ल महर्जन तथा देवी नगर ब्याडमिन्टन क्लबका तुलसी पुरी र खेम सुब्बा रहे ।

विजेता खेलाडीहरुले नगद २० हजार र उपविजेताले नगद १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तेश्रो स्थान हात पार्नेले नगद ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, समाजसेवी मोहन कुमार शाही, राखेप सदस्य विरेन्द्र श्रेष्ठ तथा नेपाल ब्याडमिन्टन संघका महासचिव रामजी बहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...