सुरुङ्गामा महिला फुटबल हुने

color picसुरुङ्गामा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

जेठ २८ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानले गर्न लागेको हो । आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जिल्लाका ८ वटा महिला फुटबल टिम सहभागी हुने जानकारी गरायो ।

प्रतिष्ठानका अध्यक्ष ज्योति उप्रेतीले महिला फुटबलको विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘प्रतिष्ठानमा पुरुष फुटबल टिम बनिसकेको छ, अब महिला फुटबल टिमको खोजीमा छौँ ।’

प्रतिष्ठानले वार्षिक कार्य तालिकामा राखेर महिला फुटबल  प्रतियोगिता आयोजना गरेको पनि उनले बताए । उनका अनुसार प्रतियोगितामा जिल्लाभित्रका तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलका खेलाडीले सहभागी हुने भने पाउनेछन् ।

खेल संयोजक दुर्गा प्रसाईंले प्रतियोगिता सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनका अनुसार विजेता क्लबले नगद  ५१ हजार र उपविजेताले ३१ हजार पाउनेछन् । पहिलो पुरस्कार सांसद अम्बिका राजवंशीले प्रायोजन गरेको बताइयो । ‘महिला फुटबलको विकासका लागि प्रतियोगिता गरेका हौँ’, संयोजक प्रसाईले  भने ।

प्रतियोगितामा सतासीधाम स्पोर्टिङ क्लब, झिलझिले, सनसाइन क्लब, सैनिक क्लब, केरखा, आयोजक र महारानीगञ्ज मावि सालबारीको टिमले प्रतिस्पर्धा गर्नेछन् ।

महिला फुटबलको विकासमा टेवा पु¥याउन र उनीहरुको भविष्य निर्धारण गर्न सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघको ध्यानाकर्षण गराउन अर्को उद्देश्य रहेको आयोजकका भीम भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...