बुटवल: वडा नं. ११ को संघर्षपुर्ण जीत

51c6f3f7-c8bc-45cb-baed-97040f759f35बुटवलमा जारी १४ औं मनमोहन स्मृती रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिता –२०७३ अन्तर्गत बुधबार भएको प्रतिस्पर्धामा वडा नं. ११ ले संर्घषण पुर्ण जीत दर्ता गरेको छ ।

बुटवल ९ स्थित सिद्देश्वरी लाल कुमारी उच्च माविको खेल मैदानमा भएको खेलमा वडा न १६ लाई सडन डेथमा हराउँदै वडा नं. ११ विजयी भयो । निर्धारित समय गोल रहित बराबरी भएपछि खेललाई टाईबेकरमा लगिएको थियो । टाईवेकरमा पनि बराबरी भएपछि खेल सडेन डेथमा धकलिएको थियो ।

सडेन डेथमा वडा नं. १६ ६–५ ले हराउँदै वडा नं. ११ विजयी भयो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा वडा नं. १६ ले पहिलो कार्डको सामना बढि ग¥यो । सरद राना, महैन्द्र थापा, ईश्वर सिंह थापा र मन्दीप पुनले पहेलो कार्डको सामना गरे । प्रतियोगितामा  वडा नं. ११ का गोलरक्षक किरण क्षेत्री म्यान अफ दि म्याच घोषित भए ।

बुटवल उपमहानगर पालिकाका विभिन्न १८ वटा टिमको प्रतियोगितामा सहभागिता रहेकोे कमिटिका सह सचिव एवं प्रचार संयोजक विकाशजंग बस्नेतले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा उपविजेताले नगद २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने युवा संघ बुटवल उपमहानगरकमिटिका अध्यक्ष धनसिंह खाम्चाले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, सर्वा्धिक गोलकर्ता लगाएतका विभिन्न विदामा खेलाडिहरुलाई पुरस्कृत गरिने छ । बुटवल उपमहानगर पालिका प्रमुख प्रायोजक रहेको प्रतियोगिता अन्तर्गत विहिबार सेमिफाईनलका लागि  वडा नं. ४ र वडा नं. १२ का बीच हुने खेल संयोजक गणेश थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...