दोस्रो शेख जमल अन्तर्राष्ट्रिय क्लब कपः शाहीन आसमायी एफसी विरुद्धको खेल अघि मनाङको तयारी

फागुन १०, बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबलमा मनाङ मस्र्याङ्दीले दोस्रो खेलमा शाहीन आस्मायी फुटबल क्लबसँग बुधबार खेल्दैछ । त्यसको लागि मनाङले तयारी पूरा गरेको छ ।

समूहचरणको दोस्रो खेलमा मनाङले अफगानी टीम शाहीन आस्मायीसँग एमए अजिज रंगशाला चित्तागोङमा नेपाली समयानुसार दिउँसो पौने चार बजे खेल्दैछ ।

खेलको पूर्वसन्ध्यामा दुई घण्टा तयारी गरेको जनाईएको छ । मनाङले समूहको अन्तिम खेल आयोजक एवं साविक विजेता चित्तागोङ अहवानीसँग शुक्रबार खेल्नेछ ।

मनाङले बंगलादेशको मोहमदन स्पोर्टिङ क्लवलाई २–० ले हराउँदै विजयी सुरुवात गरिसकेको छ । प्रतियोगितामा सहभागी नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लवलाई २ वटा समूहमा बाँडिएको छ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...