तेश्रो नेपाल कप सशस्त्र प्रहरी बललाई

Winner Team APFईलाम, तेश्रो नेपाल कप आमन्त्रण फुटबलको उपाधी पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिमले उचालेको छ । ईलाममा जारी फुटबल प्रतियोगितामा सशस्त्रले झापाको काकरभिट्टा फुटबल प्रशिक्षण केन्द्रलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल कपमा आफ्नो नाम लेखाउन सफल भएको हो । बिजेता टोलीले कपका साथै नगद १ लाख हात पा-यो । यस्तै उपविजेताले नगद ५० हजार हात पा-यो ।

विजयी टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथी पूर्व प्रधान सेनापती महारथी रुक्माङ्गगत कटुवालले पुरस्कार वितरण गरे ।

स्पोर्टस् फर अलको आयोजनामा ईलाम करफोक मैदानमा भएको प्रतियोगितामा पहिलो गोल काकरभिट्टाका कर्ण लिम्बुले गरे । उनले खेलको १२ औं मिनटमा सशस्त्रका रक्षक रमेश दङ्गालले गोलरक्षकलाई दिएको बललाई आफ्नो कब्जामा लिंदै गोलरक्षकलाई कटाउंदै गोल गरेका थिए । निकैनै प्रतिस्पर्धात्म कबनेको खेलमा २३ औं मिनटमा सशस्त्रका उज्जल चेम्जोङ्गले गरेको गोललाई रेफ्रि सुक्र तामाङ्गले अफसाईड दिए । यसको लगत्तै सशस्त्रका सन्तोष श्रेष्ठले २५ औं मिनटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याए । बराबर बाट हौसिएको सशस्त्रका लागि २७ औं मिनटमा फुसन मर्मुले गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए । एक गोलले पछि परेको काकरभिट्टाका्े लागि ३७ औं मिनटमा दिलेन लोक्तानले फाउलबाट पाएको फ्रि किकलाई सिदै गोलमा परिणत गर्दै खेललाई २–२ को अवस्थामा ल्याए । खेलको ५२ औं मिनटमा कर्नर किकको बललाई नियन्त्रणमा लिंदै झलक गुङ्गले गोल गर्दै सशस्त्रलाई जित दिलाए ।

प्रतियोगिताको म्यान अफ द म्याच तथा उच्च गोल कर्ता काकर भिटटका कर्ण लिम्बु घोषित भए । उनले प्रतियोगिता भर  गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिम ईलाम – ११ का प्रदीप बिष्ट घोषित भए । उनीहरुले प्रमाण पत्रका साथै ट्रफी प्राप्त गरे ।

प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथी कटुवाल, समाजसेवी तारा सापकोटा, ईलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राई, ईलामका प्रमुख सेनानी तथा जिल्ला खेलकुद विकास समितिका पदेन सदस्य प्रकाश लामिछाने लगायतलाई खेलकुद विकासमा गरेको योगदान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...