साइपाल बास्केटबल असार २ गतेदेखि हुने

playingसाइपाल एकेडेमीको आयोजनामा साइपाल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइज र गल्र्समा गरी १ सय भन्दा बढी टिमको सहभागिता रहने साइपालका बास्केटबल प्रशिक्षक विनोद बुढाथोकीले जनाएका छन् । ब्वाइजमा एसएलसी दिएर बसेका खेलाडीको टिम सहभागी हुने छन् ।

चारदिने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित साइपालकै कोर्टमा हुने छ । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख खर्च हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...