नेपाली उसुकर्मी दक्षिण एसियाली उसुमा

Nepali wushu player, Nima Gharti Magar, performing at the 12th South Asian Games, in Shilong of India, on Monday, February 8, 2016. Courtesy: Photojournalist Club

नेपाल उसु संघका चार पदाधिकारी दक्षिण एसियाली उसु महासंघको विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण एसियाली उसु महासंघको कोंग्रसबाट उसु संघबाट चार पदाधिकारी महासंघमा निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल उसु संघका अनुसार महासंघको कोंग्रेसबाट वीरबहादुर तामाङ उपाध्यक्ष, दीपक लामा कोषाध्यक्ष तथा राजिव महर्जन र प्रताप थापा सदस्यमा चयन भए । उसु संघको वर्तमान कार्यसमितिमा तामाङ सह–अध्यक्ष, लामा र महर्जन उपाध्यक्ष तथा थापा सचिव छन् ।

त्यस्तै काठमाडौं जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षक कुमार दाहाल प्राविधिक कमिटीको उपाध्यक्ष तथा उसु संघका उपाध्यक्ष चन्द्र तामाङ ट्रेडिसनल उसु कमिटीको सदस्यमा चयन भएको उसु संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...