रुस्लान थ्रीस्टार क्लब भुटान जाने

काठमाडौं (खेलदैनिक) । भुटानमा हुन गईरहेको जिग्मे दोर्जी वाङचुक मेमोरियल कप फुटबल प्रतियोगितामा नेपालको रुस्लान थ्रीस्टार क्लबले सहभागिता जनाउने भुटान एफएले पुष्टी गरेको छ ।

भुटानको सिमा क्षेत्रको शहर फुन्सोलिङमा आउँदो फेब्रुअरी ११ तारीखदेखि शुरु हुन गईरहेको प्रतियोगितामा भुटान, नेपाल र भारतका टोलीहरुले सहभागिता जनाउने छन् ।

https://twitter.com/Goal_Nepal/status/1090217852211089409

गोलनेपालका अनुसार सन् १९८७ देखि जिग्मे वाङचुक गोल्डकपका रुपमा शुरु प्रतियोगिताको पहिलो संस्करण नेपालकै जनकपुरको एक टोलीले जितेको थियो । यद्यपि पछिल्लोपटक प्रतियोगिताको उपाधि सन् २००६ मा भारतको पश्चिम बंगालको टोली जयगाँव स्पोर्टस् एशोसियसनले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...