एपीएफ लखनपुरले उपाधी चुम्यो

(कृष्ण सिन्जाली, धाइजन, खेलदैनिक) प्रथम झापा जिल्ला क्लव स्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ लखनपुरले हात पारेको छ ।

बाँसबारी युवा क्लव धाइजन ७, ८, ९ र मेचीनगर ३द्धारा आयोजित प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ०–१ गोल अन्तरले पाखा लगाउँदै एपीएफले उपाधि जितेको हो ।

धाइजन ७ स्थित केबी खेल मैदानमा भएको फाइनल खेलको १२ औं मिनेटमा जर्सी नम्बर ६ का बुद्धिमान राईले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच विजयी टिमका बुद्धिमान राई घोषित भए ।

झापाका विभिन्न ८ वटा क्लवले सहभागिता जनाएका उक्त प्रतियोगितामा फेयर टिममा आयोजक बाँसबारी युवा क्लव, बेष्ट गोल रक्षक एपीएफका दिलकुमार लिम्बु, बेष्ट डिफेन्डर उप विजेता टिमका सलमान कार्की, सर्वाधिक गोलकर्ता सोही टिमका सञ्जु तामाङ, म्यान अफ द सिरिज एपीएफका सुशील राई र उत्कृष्ट कोच विजयी टिमका बलबहादुर गुरुङलाई ट्रफि प्रदान गरिएको थियो ।

फाइनल खेलको विजेता टिमले ५१ हजार तथा उप विजेता टिमले ३१ हजार रुपैयाँ नगद राशीसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

खेलको विजयी तथा उप विजयी टिमसहित उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एन्फाका केन्द्रिय सदस्य पङ्कजविक्रम नेम्बाङ, धाइजन गाविसका सचिव सुदर्शन बराल, कन्भेन्ट अग्रेजी स्कूलका प्रिन्सीपल बिक्रम क्षेत्री, जेष्ठ नागरिक भीम प्रसाद दाहाल, माओबादी केन्द्रका रोशन कन्दाड्वा, कालिका वनका योगराज भट्टाराई, नेपाली कांग्रेसका लक्ष्मी प्रसाई र राप्रपाका लक्ष्मण लिम्बु लगायतले प्रदान गरेका थिए ।
समाजसेवी नरेन्द्र मेचे(गच्छाम)ले विजेता पुरस्कार सौजन्य गर्नुभएको छ । भने  उप विजेता टिमका लागि समाजसेवी राजन प्रसाईंले ३१ हजार रुपैयाँ नगदराशी सौजन्य गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...