दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल शुरु; बिभागिय टिम पुलिस र आर्मी बिजयी

(ताप्लेजुङ) बिभागिय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् । ताप्लेजुङ नगरपालिका स्थित भानु जन उच्च माबीको कोर्टमा भएको उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक पूर्वाञ्चललाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पूर्वाञ्चलमाथी सहज जित निकाल्ने क्रममा २५–१८,२५–१३ र २५–१४ को सोटमा स्तब्ध बनायो । राउण्ड रबिनका आधारमा संचालन भएको अर्को खेलमा आर्मीले मध्याञ्चललाई ३–० को सेटमा पराजित गर्यो । आर्मी हावी रहेको खेलमा मध्याञ्चल २५–१०,२५–१७ र २५–१० को सेटमा पछि परेको थियो ।

सर्वाधिक पुुरस्कार रासीको भलिबल प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले उद्घाटन गरेका थिए । फाल्गुन ७ गने सम्म चल्ने प्रतियोगिताका बिजेता टिमले ३ लाख ३० हजार,उपबिजेताले १ लाख ६५ हजार र तेश्रो र चौथो हुने टिमले समान ३५ हजार नगद प्राप्त गर्ने छन् । उद्घाटनका अवसरमा राखेप सदस्य उपेन्द्र पौडेल, आयोजक ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवास चाम्लिङलगायतको उपास्थिति रहेको थियो । पाच टिम सहभागिता रहेको प्रतियोतिामा पाँचौ टिमको रुपमा एपीएफ क्लब रहेको छ ।

एलिसा र टिकाराम लाई स्वर्ण एलिसा लिम्बु र टिमराम लिम्बुले राष्ट्रपति रनिङशिल्ड निर्वाचन क्षेत्र नम्वर १ को छनोट खेलको सटपुटतर्फ स्वर्ण जितेका छन् । नवज्योती बोडिङ स्कुलकी छात्रा एलिसाले कञ्चन एकेडेमीका निमाफुटी शेर्पालाई पछि पादै स्वर्ण जितिन् । सटपुटकै छात्रतर्फ कञ्चन एकेडेमीका टिकारामले सिबा उमाबीका निश्चल तामाङलाई पछि पारेका थिए । त्यस्तै ज्याब्लिङ–थ्रोतर्फ  कञ्चन एकेडेमीका निमाफुटी शेर्पा र संजोग लिम्बुले स्वर्ण हात पारे । छात्रातर्फ निमाफुटीले जनता माबी हाङदेर्वाकी ऐतिहाङ लिम्बुलाई तथा  छात्रतर्फ संजोगले अक्स्र्फोड माबीका जितबहादुर पालुङ पछि पारेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...