रुपन्देही एघारले हिमालयन शेर्पालाई ३-२ ले पराजित गर्दै गाईघाटमा जारी चौथो उदयपुर गोल्ड कप फूटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
रुपन्देहीकोलागि दीपक राईले दुई गोल गरे भने अमर डंगोलले अर्को गोल गरे।
विश्वाश श्रेष्ठ र एलेक्सले हिमालयन शेर्पाकोलागि १-१ गोल गरे।
रुपन्देहीका दिपक राई खेलको म्यान् ओफ् दि म्याच घोषित भए र उनले रु ५,००० प्राप्त गरे।
फाईनलमा रुपन्देही को भेट मोरङ एघार सँग हुनेछ।