दोस्रो टुबोर्ग नेपालगन्ज गोल्ड कप फाल्गुन २६ बाट

दोस्रो टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता २०७३ फाल्गुन २६ देखि चैत्र ४ गते सम्म नेपालगंजमा संचालन हुने भएको छ ।

नेपालगंज रंगशालामा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ।

सम्भावित टिममा १ सी.एम.जी.संकटा क्लब २ मनाङ्ग मर्स्याङ्ग्दि क्लब ३ नेपाल प्रहरी ४ नेपाल आर्मी ५ ए.पी.एफ.क्लब सशस्त्र प्रहरी ६ दिल्ली युनाईटेड ७ नेपालगंज ११  र ८ सुदुर पश्चिम ११ सहभागिता रहने छ ।

यस गोल्ड कपको जम्मा खर्च बजेट ७५ लाख हुनेछ।

प्रथम पुरस्कार ५ लाख र दोश्रो हुने टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको छ।

मुख्य प्रायोजकमा गोर्खा ब्रुअरीको टुबोर्ग रहेको छ भने हाललाई रेड्बुल  रुस्लान र प्रिती चाउचाउले सह प्रायोजन गरेका छन्।

सहयोगीका रुपमा  सिभिल बैंक ज्योति बिकास बैंक होटेल सेन्ट्रल प्लाजा कोहलपुर  र एन.एल.जी.ईन्सुरेन्स कम्पनि लि.रहने छ।

एन.एल.जी.ईन्सुरेन्स कम्पनि लि.ले खेल दौरान खेलाडी अफिसियल र रेफ्रीको दुर्घटना बिमा गरेको छ।

अखिल नेपाल फुटबल संघ युवा तथा खेलकुद मन्त्रालय मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति र बाँके जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितालाई सहकारी गरेको छ।


प्रतिक्रिया दिनुहोस

Loading...