
धनगढी (खेलदैनिक) । फराकिलो जितका साथ च्यासल युथ क्लब नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धनगढी स्टेडियममा बिहीबार सम्पन्न खेलमा च्यासलले पाहुना टोली दिल्ली युनाइटेड (भारत) लाई शून्यका विरुद्ध ६ गोलले हरायो । यो जितसँगै च्यासल प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । क्वाटरफाइनलमा अब च्यासलले पुष ३० गते रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ ।
प्रतियोगिता अन्तरगत पुष २७ गते शुक्रबारको खेल गोर्खा ब्वाईज क्लब, रुपन्देही र ए डिभिजन लिगको उपविजेता सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।
सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।