नेपाल सरकार द्वारा खेलाडीलाई पुरस्कार प्रदान

नेपाल सरकारले ए फ् सि सोलिडारिटी कप बिजेता नेपाली फूटबल टिमका खेलाडीलाई जनही ३ लाखको दरले पुरस्कार प्रदान गरेको छ।

प्रधानमन्त्री आवसमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचन्ड”ले पुरस्कार प्रदान गर्नु भयो।

२३ जना खेलाडीले जनही ३ लाख प्राप्त गरे भने सहायक कोच राजु काजी शाक्यले २ लाख प्राप्त गरे। टिम फिजियो र गोल किपिङ कोचले समान ५०,००० प्राप्त गरे।

टिम म्यानेजर र मिडिया अफिसरले कुनै पुरस्कार प्राप्त गरेनन।


प्रतिक्रिया दिनुहोस

Loading...