सर्टिक २ सुरु

(काठमाडौं)

नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ सोमबार सुरु भएको छ ।

उद्घाटन दिन महिला एकलमा नेपालकी मायांका राना, माहिका राना र प्रेरणा कोइरालाले पहिलो चरण पार गर्नुभएको छ । पुरुष एकलमा नेपालका संरक्षक वज्राचार्य दोस्रो चरणमा पुग्नुभएको छ ।

पहिलो चरणमा माहिकाले भारतकी मिसा सुदलाई सोझो सेटमा ६–३, ६–४, भारतकी अनिका कनानले नेपालकी मायांका राणालाई ६–३, ६–१ ले पराजित गरेकोर प्रेरण्ढााले भारतकी जाई जीवनलाई ६–१, ६–२ ले विदा गर्नुभयो । नेपालकी विभुति कार्की भने शीर्ष वरीयताप्राप्त खेलाडी वैदेही चौधरीसँग नराम्ररी ६–०, ६–१ ले हार्नुभयो । यसैगरी, विजिशा श्रेष्ठ पनि भारतकी माल्भिका सुक्लासँग ६–२, ६–३ ले पराजित हुनुभयो ।

पुरुष एकलमा संरक्षकले भारतका प्रत्युष मोहन्तीलाई ७–५, ६–२ ले निराश बनाउनुभयो । अन्य खेलमा भारतका जैसभिन सिदानाले नेपालका प्रणव खानललार्य ४–६, ६–३, ६–१, शीर्ष वरीयताप्राप्त मृत्युञ्जय बडोलाले नेपाकला साम्राज्ञ कटुवाललाई ६–०, ६–०, दोस्रो वरीयताप्राप्त भारतका कबीर मनराईले नेपालका सौरभराज पाण्डेलाई ६–०, ६–० र अथर्व शर्माले नेपालका अभिनव आचार्यलाई ६–१, ६–० ले पाखा लगाउनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...