नेपालमा यही वर्षदेखि एएफसी क्लब लाइसेन्स लागु गर्ने एन्फाको तयारी

फागुन १ / नेपालमा यही वर्षदेखि अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी क्लब लाइसेन्स लागु गर्ने भएको छ । एएफसी क्लब लाइसेन्स पाउन नेपालका ए डिभिजन क्लबले खेलकुद, पूर्वाधार, प्रशासन, कानुनी, आर्थिकलगायत क्षेत्रमा एएफसीले तोकेको न्युनतम मापदण्ड पूरा गर्नुपर्नेछ ।

नेपालको फुटबल क्षेत्रको विकास गर्ने उद्देश्यले एन्फाले फुटबल क्लबहरुमा एएफसी क्लब लाइसेन्स लागु गर्ने तयारी गरेको हो । नेपाल भ्रमणमा रहेका एएफसीका क्लब लाइसेन्सिङका प्रमुख महाजन वासुदेभन नायरसँगको छलफलका क्रममा एन्फाले यसबारे जानकारी गराएको हो । छलफलका क्रममा ए डिभिजन क्लबका प्रतिनिधि पनि सहभागी थिए भने एएफसी क्लब लाइसेन्स लागु गर्न रहेका समस्या तथा चुनौती साथै सम्भाव्यताबारे छलफल भएको थियो ।

एएफसीले फुटबल क्लब तथा फुटबल सघंलाई यसको कार्यान्वयन चरणमा सहयोग गर्ने जनाएको छ । एएफसीले सन् २०१८ सम्म एएफसी क्लब लाइसेन्सको मापदण्ड नपुग्ने क्लबलाई एएफसी क्लब स्तरको प्रतियोगितामा सहभागी हुन नदिने निर्णय गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...