उदयपुर गोल्डकप : झापालाई सडन डेथमा हराउँदै रुपन्देही सेमिफाइनलमा

उदयपुर, फागुन १ / झापा ११ लाई हराउँदै रुपन्देही ११ उदयपुर गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।

उदयपुरको गाइघाटमा रहेका थरुहट रंगशालामा रुपन्देहीले झापालाई सडन डेथमा हराएको हो । यसअघि निर्धारित समयको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

झापा ११ का लागि रेजिन सुब्बाले ६७ औं मिनेटमा गोल गरेका थिए । तर पाँच मिनेटपछि नै बिक्किी चौधरीले रुपन्देहीका लागि बराबरी गोल फर्काए ।

सोमबार हुने पहिलो सेमिफाइनलमा मोरङ ११ र संकटा क्लवबिच खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...