धाइजन: कालीबहादूर गण सेमीफाइनलमा

(झापा, खेलदैनिक)

बाँसबारी युवा क्लव धाइजन ७, ८, ९ र मेचीनगर ३ द्धारा आयोजित प्रथम जिल्ला क्लव स्तरीय नक आउट फुटबल प्रतियोगिताको  शुक्रबार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा  कालीबहादूर गण चारआली  विजयी भएको छ ।

धाइजन ७ स्थित केबी खेल मैदानमा जारी  प्रतियोगिता अन्र्तगत माघ २८ गते सम्पन्न खेलमा ०—१ गोल अन्तरले सुरुङगा फुटबल ट्रेनिङ सेन्टरलाई पाखा लगाउँदै कालीबहादूर गण चारआलीले आउँदो  फागुन १ गते हुने एपीएफ लखनपुरसंग सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

खेलको ३४ औं मिनेटमा जर्सी  नम्बर १७ का शिव गुरुङले विजयी गोल गरेका हुन् । खेलको म्यान अफ द  म्याच घोषित शिव गुरुङलाई समाजसेवी नरेन्द्र मेचे(गच्छाम)ले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।

शनिबारको खेल काँकरभिटा फुटबल ट्रेनिङ सेन्टर र नवज्योती युथ क्लव बाहुण्डाँगीबीच  हुने आयोजक मूल समितिका सरोज गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजयी टिमले नगदराशी ५१ हजार तथा उप विजेता टिमले ३१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...