हेटौडा भेट्रान्स सेमिफाइनलमा

हेटौडा (खेलदैनिक) । हेटौडा भेट्रान्सको आयोजनामा जारी राष्ट्रिय भेट्रान्स एट ए–साईड फुटबल प्रतियोगितातर्फ हेटौडा र बुटवल भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा बिहीबार सम्पन्न क्वाटरफाइनलतर्फ हेटौडाले बगर भाई खलक, पोखरालाई ४–० ले हरायो । हेटौडोको जितमा म्यान अफ द म्याच समेत घोषित नवराज बज्राचार्य र अनुप लामाले २–२ गोल गरे ।

हेटौडा उपमहानगरपालिका वार्ड नं. ६ को समेत सहआयोजनामा जारी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...