एन्फा अध्यक्ष शेर्पा भन्छन् : मकवानपुरमा ट्रेनिङ सेन्टर स्थापना गर्छु

मकवानपुर (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा ्िछरिङ शेर्पाले मकवानपुरमा फुटबलको टे«निङ सेन्टर स्थापना गर्ने बताएका छन् ।

मकवानपुर जिल्ला फुटबल संघका सल्लाहकारहरुलाई मनोनयनपत्र प्रदान गर्न आयोजित कार्यक्रममा उनले नेपालको फुटबलको विकासका लागि ग्रासरुट बलियो बनाउनु आवश्यक रहेकोले टे«निङ सेन्टर निर्माण अभियानको थालनी गर्न लागेको बताए । काम गरे नतिजा निस्किन्छ भन्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले निर्वाचनमा बोलेका कुराहरु कार्यान्वयन गर्ने दावी समेत गरेका छन ।

जिल्ला फुटबल संघले हेटौंडा स्कूल अफ म्यानेजमेण्टका प्रमुख पुरणबहादुर जोशी, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, वडा अध्यक्षहरु नविन सिग्देल, राजेश बानियाँ र दीपक खड्का, निर्माण व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष आनन्दराम पराजुली र हाडजोर्नी विशेषज्ञ डाक्टर बसन्तमान श्रेष्ठलाई सल्लाहकारको प्रमाणपत्र प्रदान गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...