एनबि इन्सुरेन्सले कुथुको उपचारमा लाग्ने खर्च ब्यहोर्ने

वीरगन्ज युनाईटे क्लबबिचबिरुद्धको खेलमा चोट लागेर घाईते भएका त्रिभूवन आर्मी क्लबका गोलरक्षक बिकेश कुथु खतरामुक्त रहेका छन् ।

बल नियन्त्रण गर्ने क्रममा जितेन्द्र कार्कीसंग ठोक्किदा कुथुको टाउकोमा चोट लागेको थियो । कुथुको टाउको पाच वटा टाका लगाइएपनि अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन्

कुथुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

कुथुले प्रतियोगिताको अन्य खेल नखेल्ने भएका छन् ।

यसैगरी खेलाडीको जीवनबिमा गरेको एनबि इन्सुरेन्सले कुथुको उपचारमा लाग्ने खर्च ब्यहोर्ने भएको छ । क्लबले ईन्सुरेन्स कम्पनीसंग सहकार्य गरी यस बर्ष ६३ जना खेलाडीको जीवन बिमा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...