खेल पत्रकार सिलवाल सम्मानित

दक्षिण कोरियाको पर्वतारोहण सम्बन्धि संस्थाले सहासिक  खेलकुदमा योगदान पु-याउंदै आएकोमा  नेपाली  खेल पत्रकार राजु सिलवाललाई सम्मानित गरेको छ।

कोरियाका विश्व प्रशिध्द आरोही स्वर्गीय योङ सियोकको स्मृतिमा स्थापित पार्क योङ्ग सियोक एक्सप्लोरेशन एण्डकल्चरल  फाउण्डेशनले पत्रकार सिलवाललाई सम्मान पत्र प्रदान गरेको हो। युनियन अफ एशिया अल्पाईनका अध्यक्ष डाक्टर लि ईन जियोङ्गलेआज काठमाडौंमा उहांलाई उक्त सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो।

तिन दशकदेखि खेलकुद तथा सहासिक खेलकुदमा संलग्न हुदै आउनुभएका पत्रकार सिलवालले बिभिन्न आरोहीहरुको सहासिक कथा नेपाल टेलिभिजन मार्फत प्रसारण गर्नु भएको छ ।  २०११ मा आरोही पार्कअन्नपुर्ण हिमाल आरोहणकाक्रममा ६४ सय मिटरको उचाईमा ढुङ्गा खसेर बेपत्ता भएपछि उहाले निर्माण गर्नु भएको बृत्त चित्रलाई दक्षिणकोरियाको बिदेश मन्त्रालय तथा आरिराङ टेलिभिजनले आउट स्ट्याण्डिङ ईफोर्ट अवार्ड प्रदान गरेको थियो।

विश्वका आरोहीहरुमा  ग्राण्ड स्लाम सम्पन्न गर्नु हुने प्रथम आरोही स्वर्गीय पार्कले विश्वका  आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालका साथैसातै वटा महादेशका उच्च हिमालको आरोहण गर्नु भएको थियो। उहां नर्थ तथा साउथ दुबै पोलमा पुग्नु भएको थियो।

पत्रकार सिलवालले यस अघि प्रथम नेपाली महिला आरोही स्वर्गीय पासाङ्ग ल्हामु शेर्पा तथा सगरमाथामा मानव पाईला पुगेको ६० बर्ष सम्बन्धिबृत्त चित्र निर्माण गरिसक्नु भएको छ। पत्रकार सिलवाल नेपाल टेलिभिजनमा प्रमुख समाचार सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस

Loading...