सिएमजी संकटा क्लब आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश

डिफेन्डीङ च्याम्पियन प्राईम पोलिक्लिनि बिजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा २–१ को रोमाञ्चक जित हात पार्दै संकटाले अन्तिम दुईको यात्रा तय गरेको हो । खेलको सुरुवातमै बिजय युथले लिएको अग्रता उल्टाउदै संकटा जित हात पारेको हो ।

संकटाको जितमा अनिल गुरुङ र बिश्व अधिकारीले एक÷एक गोल गरे । बिजय युथका लागि बिमल राना मगरले एक गोल गरे । खेलको सुरु भएको ४५ सेकेण्डमै बिजय युथले खेलमा अग्रता लिएको थियो ।
संकटाका रक्षापंक्ती सम्हालिन नपाउदै सुनिल बलको पासलाई सदुपयोग गर्दै बिमलले गोल गरेका हुन् । खेलमा अग्रता लिएपछि सुरुवातमा दवाव झेलेको संकटाले २७औं मिनेटमा बराबरी गोल फर्कायो । डिबक्स भित्र पाएको बललाई सदुपयोग गर्दै संकटाका लागि अनिल गुरुङले गोल गरे ।

एपिएफलाई पन्छाएको संकटा र सरस्वतीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको बिजय युथ बिचको सेमिफाईनल भिडन्त निकै रोमाञ्चक रहयो । खेलको पहिलो हाफमा दुबै टिमले थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न भने सकेनन् ।

प्रतिस्र्धात्मक दोस्रो हाफमा पनि दुबै टिमले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए । खेलको ७० औ मिनेटमा संकटाका सुशील केसीले प्रहार गरेको कर्नर बल क्रसबारमा लागेर फर्किन पुगेको थियो । त्यसलगत्तै खेलको ७६औं मिनेटमा बिमल रानामगरले गोल गर्ने वन भर्सेस वनको स्थितीबाट चुकेका थिए ।

गोल गर्ने राम्रो अवसर चुकाएको बिजय युथविरुद्ध खेल सकिन एक मिनेट बाकि छदा संकटाले बिजयी गोल ग¥यो । खेलको ८९औं मिनेटमा संकटाका लागि बिश्व अधिकारीले गोल गरेका थिए । बिश्वले प्रहार गरेको कर्नर बलले सिधै जाली चुम्न पुगेको थियो ।

बिजय युथका प्रशिक्षक सुविन घिमिरले राम्रो राम्रो अवसर चुकाउन पुग्दा टिमले पराजय भोगेको बताए । खेलमा लिएपनि सम्हालिएर खेल्न नसक्नुनै पराजयको कारण भएको उनको भनाई थियो । संकटाका प्रशिक्षक सल्यान खड्गीले गोल खाएर केही दवाव झेल्न पुगेपनि अन्तिम समयसम्म सम्हालिएर खेल्दा जित हात पारेको बताए ।

खेलको म्यान अफ दि म्याच संकटाका बिश्व अधिकारी घोषित भए । प्रतियोगिता अन्तर्गत बिहिवार त्रिभूवन आर्मी क्लब र हिमालयन शेर्पाबिच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...