सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता: महिलातर्फ एपिएफ सेमिफाईनलमा

पोखरा, माघ २४ / सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ को महिला तर्र्फ सोमबार ग्रुप ए बाट सेमिफाईनलमा प्रवेश गरेको छ ।

एपिएफको महिला टिमले आफ्नो दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–१७, २५–१० र २५–१९ को सोझो ३–० को सेटमा पराजित गर्दै कुल ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाएको हो ।

एपिएफले पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–०ले पराजित गरेको थियो । सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष तर्फको ग्रुप बिको खेलमा पनि एपिएफले जित हात पारेको छ । आर्मी संग पराजित रहेको एपिएफले क्लब लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब काठमाण्डौलाई ३–१ ले पराजित गर्दै ३ अंक बुटुल्न सफल भयो । पहिलो र दोश्रो खेलमा २५–२२ र २५–१३ ले जित हात पारेको एपिएफ तेश्रो खेलमा हेल्प नेपाल संग निरिह भयो । तेश्रो सेटमा हेल्प नेपालले एपिएफलाई २५–२०ले पराजित ग¥यो । चौथो सेटमा एपिएफले २५–१९ले हेल्प नेपाललाई जित्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको हो ।

पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की जिल्ला खेलकुद विकास समिति तथा पश्चिमाञ्चल खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगिताको ग्रुप बिको खेलमा न्यू डायमन्डले नेपाल पुलिस संग अंक बाड्न बाध्य भएको छ । बेष्ट अफ फाइभको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ सेटले पराजित गर्दै अंक बाँडेको हो । डायमन्डले २ अंक प्राप्त ग¥यो भने पुलिसले हारेता पनि १ अंक प्राप्त गर्न सफल भयो । यस संगै पुलिसको ४ अंक भएको छ । आफ्नो पलिलो खेलमा पुलिसले भारतको उत्तर प्रदेश भलिबल संघलाई पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो ।

पहिलो सेटमा १९–२५ ले हारेको डायमन्डले दोश्रो सेटमा पुलिसलाई १४ अंकमा रोक्दै जित हात पा¥यो । तेश्रो सेटममा पुनः २२ अंकमा रोकिंदै हार व्यहोरेको डायमन्डले चौथो सेट २५–२० र निर्णायक खेलमा १५–९ले पराजित गर्दै कठिन जित हात पार्न सफल भयो ।

यस्तै पुरुष तर्फको ग्रुप ए को खेलमा नेपाल पुलिस क्लबले आयोजक पश्चिमाञ्चललाई ३–०को सोझो सेटमा पराजित गर्दै ३ अंक हात पा¥यो । पुलिसले आयोजकलाई २५–१०, २५–१९ र २५–१८ अंकले पराजित ग¥यो ।

भोलिको पहिलो खेल महिला तर्फ न्यू डायमन्ड र उत्तर प्रदेश भारतविच ९ः३० बजे, दोश्रो खेल पश्चिमाञ्चल र त्रिभुवन आर्मीविच १ः३० बजे तथा पुरुष तर्फ पहिलो खेल पश्चिमाञ्चल र उत्तर प्रदेश भारतविच ११ः३० बजे तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस् क्लब र नेपाल आर्मीविच ३ः३० बजे हुने छ ।

तमु धिं युकेको भलिबललाई सहयोग

भलिबलको उर्वर भूमि भनेर चिनिने पोखरामा भएको प्रतियोगितालाई सफल बनाउन विभिन्न भलिबल खेल प्रेमीहरुबाट सहयोगको क्रम बढिनै रहेकोछ । यसै क्रममा बेलायतमा बसोबास गर्दै आईरहेका तमु समुदाय तमु धिं युकेको तर्फबाट नगद ५० हजारको चेक तमु धिंका अध्यक्ष यम तमुको तर्फबाट नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ्गलाई हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...