दोश्रो झापा गोल्डकप: उपाधी मनाङलाई, सिजनमा उपाधिको हृयाट्रिक, आयोजक झापा ११ फेरि उपाधि विमुख

२४ माघ  /  आयोजक झापा ११ लाई पन्छाउँदै मनाङ मर्स्याङ्दी क्लबले दोस्रो रमपम झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा मनाङले झापालाई १-० गोल अन्तरले हराएको हो । विर्तामोडको डोमालाल रंगशालामा मनाङलाई जिताउन ६३ औं मिनेटमा ओलावालेले गोल गरे ।

यससँगै उसले यो सिजन उपाधिको हृयाट्रिक गरेको छ । यसअघि उसले धनगढीमा भएको खप्तड गोल्डकप र पोखरामा भएको आहारारा गोल्डकप जितेको थियो । जितसँगै मनाङले ७ लाख रुपैयाँ र आयोजक झापा ११ ले ५ लाख रुपैयाँ पाएको छ । पहिलो संस्करणमा झापा नेपाल आर्मीसँग फाइनलमै पराजित भएको थियो ।

पहिलो संस्करणमा झापा नेपाल आर्मीसँग फाइनलमै पराजित भएको थियो ।  घरेलु टोली झापा ११ ले शुक्रबारको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई ४–०  गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो । मनाङले भने शनिबारको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको हो ।

File Photo


प्रतिक्रिया दिनुहोस

Loading...