सप्तरी राजविराजमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु, नेपाल र भारतका ८० जना कुस्ती खेलाडी

सप्तरी, माघ २३ / २०४२ सालको राजदरबार बम काण्डका सहिद सांकेन्द्रचन्द्र मिश्रको सम्झना स्वरुप सप्तरीको तिलाठीमा तीन दिवसीय अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

सरस्वती पूजा समिति तिलाठीले आयोजना गरेको  यस प्रतियोगितामा नेपाल र भारतका ८० जना कुस्ती खेलाडीको सहभागिता छ ।

नेपालको बारा, पर्सा, रौतहट, सिरहा, कपिलवस्तु, मोरङ, सुनसरी र सप्तरीका खेलाडीहरुको सहभागिता छ भने खेलमा भारत बिहारको बिहार केसरी, चन्द्रदेव यादवलगायत चन्ढीगढ, बनारस, राजस्थान, बलीया, छत्तिसगढ, सुपौल, सहरसा र दरभंगा गरी कूल ८० जना कुस्तीवाज खेलाडीमध्ये २० जना महिला कुस्ती खेलाडी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...