नक आउट प्रतियोगिता वडा नम्बर ६ ले चुमेको छ

(बाहुण्डाँगी) नेपाली काँग्रेस बाहुण्डाँगी गाउँ समितिद्धारा आयोजित वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधी वडा नम्बर ६ ले चुमेको छ ।

सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगिताको आईतबार भएको फाइनल खेलमा वडा नम्बर ५ लाई ०– १ गोलको अन्तरले वडा नम्बर ६ विजयी भएको हो ।

खेलको पहिलो हाफमा दुबै टिमबाट उत्कुष्ट प्रदर्शन गर्दै खेल बराबरमा पुगेको थियो । दोश्रो हाफको ५ मिनेट नबित्दै वडा नम्बर ६ का जर्सी नम्बर १० का युजेन लामाले गरेको गोल नै निर्णयक गोलमा परिणत भएको थिए ।

खेलको म्यान अफ दी म्याच विजयी टिमका युजेन लामा घोषित भएका थिए । सर्वाधिक गोलकर्तामा पुजन राई, उत्कृष्ट गोल किपरमा दिवश तामाड, उत्कष्ट गोलरक्षकमा केलभिन राई, उदयमान खेलाडीमा आर्यन भट्टाराई, प्रतियोगिता भरिको उत्कृष्ट खेलाडीमा आशिष सुब्बा रहेका छन ।

फाइनल खेलका बिजेतालाई नगद पुरस्कार २५ हजार, ट्रर्फी, प्रमाण पत्र समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य विमल आर्चायले प्रदान गर्नु भएको थियो । भने उपबिजेता टिमले नगद १५ हजार, ट्रर्फी र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...