पोखरा: सृजना आमन्त्रण भलिबल प्रतियोगिता २०७३को आजको खेलहरु तस्बिरमा

(तस्बिर: उमेश पुन, पोखरा) सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा महिला तर्फ विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको दोश्रो दिन भएको प्रतियोतिामा सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै जितलाई आत्मसाथ ग¥यो । यसका साथै एपिएफको खातामा तीन अंक जोडिएको छ ।
लिगको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा नेपाल पुलिस क्लबले भारतको उत्तर प्रदेश भलिबल संघलाई २५–७, २५–२० र २५–१६ अंकका साथ सहजै ३–०को सोझो सेटमा पराजित गर्न सफल भएको छ । नेपाल पुलिसले पनि आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।

यस अघि पूर्व मन्त्री किरण गुरुङ्गले रेफ्रि विकास गुरुङ्गलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए ।

करिब ३५ लाख लागतको प्रतियोगितामा नेपालका पाँच र भारतको एक गरि महिला तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितालाई भब्य रुपमा सफल पार्न कुनै कसर बाँकी नराख्ने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ्गले जनाएका छन् ।

भोलीको पहिलो खेल महिला तर्फ पश्चिमाञ्चल र एपिएफ विच ९:३० बजे तथा नेपाल पुलिस र न्यू डायमन्ड एकेडेमी विच १:३० बजे हुनेछ भने पुरुष तर्फको खेल हेल्प नेपाल स्पोर्टस् क्लब र एपिएफ ११:३० बजे तथा नेपाल पुलिस र पश्चिमाञ्चलविच ३:३० बजे हुने प्रतियोगिता संयोजक डि.बी. नेपालीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...