नेपाली राष्ट्रिय टीमले माघ २६ देखि अभ्यास थाल्ने

खेलदैनिक, माघ २३ / नेपाली राष्ट्रिय टोलीले यही माघ २६ गतेदेखि अभ्यास गर्ने भएको छ । एएफसी एशियन कप २०१९ को छनौट प्रतियोगिताको तयारीका लागि राष्ट्रिय टीम अभ्यास सेसनमा जुट्न लागेको हो ।

एन्फाका सिईओ ईन्द्रमान तुलाधरले खेलदैनिकलाई बताए अनुसार माघ २६ देखि नै तयारी थालिनेछ । ‘राष्ट्रिय टीमले एन्फा कम्प्लेक्समा २६ गतेदेखि अभ्यास सुरु गर्नेछ ।‘ उनले भने । ‘प्रमुख प्रशिक्षक  कोजीले पनि केहि समयमै प्रारम्भिक टोलीको घोषणा गर्नेछन् ।’

छनौट प्रतियोगितामा नेपाल समूह एफएमा परेको छ । समूहमा नेपाल सहित फिलिपिन्स, ताजिकिस्तान र यमन रहेका छन् ।

नेपालले पहिलो खेल फिलिपिन्ससँग उसकै स्थान मनिलामा मार्च २८ मा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...