बालवाटिका टिम च्याम्पियन

बालवाटिका स्कुलले पाँचौं ल्होसार कप खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बालवाटिका ८ स्वर्ण र ४ रजत जित्दै टिम च्याम्पियन बन्न सफल भयो ।

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण र १ रजतसाथ सरस्वती स्कुल दोश्रो भयो । तेश्रो स्थानमा रहेको भक्तपुर डोजोले २ स्वर्ण र ३ रजत हात पा¥यो ।

जोपाटीस्थित कुतुम्भ कलेजमा भएको प्रतियोगिताको पुरुषमा भक्तपुरका सुवास परियार तथा महिलामा बालवाटिकाकी एलिशा तामाङ उत्कृष्ट खेलाडी चुनिए । दुईदिने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...