झापा गोल्डकप फुटबल: आर्मीलाई १–० गोलले हराउदै मनाङ फाइनलमा

माघ २२ / बिमल रानाको निर्णायक गोलमा लक्ष्मी हुन्डाई मनाङ र्मस्याङ्डी क्लब रमपम झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अन्तिम सेमिफाइनलमा आज डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई १–० गोल अन्तरले हराउँदै मनाङले फाइनल यात्रा तय गरेको हो ।

विर्तामोडस्थित डोमालाल रंगशालामा पहिलो हाफको ४२ औ मिनेटमा बिमल रानाले गरेको गोल मनाङका लागि निर्णायक बन्यो । मनाङका सुजल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

उपाधीका लागि मनाङले आगामी सोमबार आयोजक झापा–११ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।  प्रतियोगिताको उपाधी विजेताले ७ लाख रुपैयाँ हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...