वडा नम्बर ६ र ५ फाइनल खेलमा भिड्दै

(बाहुण्डाँगी) सरस्वती माविको खेल मैदानमा जारी वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा वडा नम्बर ५ फाईनल प्रवेश गरेको छ ।

नेपाली काँग्रेस बाहुण्डाँगी गाउँ समितिद्धारा आयोजित प्रतियोगिताको आज भएको दोश्रो सेमीफाइनल खेलमा वडा नम्बर २ लाई १– ५ गोलको अन्तरले वडा नम्बर ५ फाइनल पुगेको हो ।

खेलको पहिलो हाफको ५ मिनेट बित्न नपाउदै वडा नम्बर ५ का सैरभ लिम्बुले गरेको क्रस बललाई आजका ह्याट्रिककर्ता पूजन राईले गोल गरेका थिए । खेलको १५ औ मिनेट तिर उदास राईले एक गोल गरी २ गोलको अग्रता लिएका थिए । वान भर्सेस वान बलमा फेरि पूजन राईले गोल गरेको केहि मिनेटमा पुनः कर्नर साईडको गोल लाइन बाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

दोश्रो हाफको १५ मिनेटमा फेरि ५ वडाका आशिष लिम्बुले एक गोल गर्दै आफ्नो टिमलाई ५ गोलको अग्रता दिलाएका थिए । भने खेलको अन्तिम समयमा वडा नम्बर २ ले पाएको पेनाल्टी सुट आउटमा संगम नेपालले सान्तन्वा गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच विजयी टिमका ह्याटिककर्ता सूजन राई घोषित भएका थिए । भोलि हुने फाइनल खेल वडा नम्बर ६ र वडा नम्बर ५ को बिच हुने भएको छ ।

प्रतियोगिताको बिजेता टिमलाई नगद पुरस्कार २५ हजार र उपबिजेता टिमलाई नगद पुरस्कार १५ हजार सहित शिल्ड, ट्रर्फी र प्रमाण पत्र प्रदान गरिने भएको कुरा आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...