आठौं रुस्लान सिमरा गोल्डकप : एपीएफलाई हराउँदै संकटा सेमिफाइनलमा

२१ माघ / आठौं रुस्लान सिमरा गोल्डकपमा सिएमजी संकटा सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सिमरा रंगशालमा भएको खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई २-० ले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।

संकटाले अब सेमिफाइनलमा काठमाडौंको सरस्वती युथ कलब र हेटौंडाको विजय युथ क्लबबीचको विजेतासँग खेल्नेछ।

संकटालाई जित दिलाउन राजु पौडेल र सुशिल केसीले पहिलो हाफमा १/१ गोल गरे। राजु पौडेलले ४१ औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइममा सुशिल केसीले गोल गर्दै दोब्बर पारे।

प्रतियोगिता अन्तर्गत शनिबार पोखराको सहारा क्लब र वीरगन्ज युथ युनाइटेड बीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस

Loading...