हिसान भलिबलको उपाधि एञ्जल्स हार्टलाई

काठमाडौं । हिसान खेलकुद सप्ताह अन्र्तगत भएको अन्तरकलेज भलिबल प्रतियोगिताको उपाधि एञ्जल्सहार्ट कलेजले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा एञ्जल्सहार्टले हिमालयन कलेजलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जित्न सफल भयो । एञ्जल्सहार्टले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै हिमालयन कलेजलाई सुरुवातीमा दबाब सिर्जना ग¥यो । तर दोस्रो सेटमा हिमालयन लयमा फर्केदै एञ्जल्सहार्टमाथी कडा चुनौती प्रस्तुत ग¥यो । तथापी निकै रोमाञ्चक बनेको दोस्रो सेटपनि एञ्जल्सहार्टले ३२–३० को संघर्षपुर्ण तरिकाले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा पनि एञ्जल्सहार्ट हिमालयनमाथी २५–१९ ले हाबी हुदै सोझो सेटमा जित्न सफल भयो ।

यसअघि विहिवार भएको खेलमा प्रिसियस कलेजलाई २७–२४, २२–२५ र २५–१४को सेटमा हराउदै हिमालयन कलेज फाईनलमा प्रवेश गरेको थियो । शुक्रबारै भएको बेस्ट थ्रीको सेमिफाइनलमा नवोदित कलेजलाई २५–२१ र २५–१९ ले हराउदै एञ्जल्सहार्ट फाईनलमा प्रवेश गरेको थियो । उपाधि विजेता खेलाडीलाई, काठमाडौँ जिल्ला हिसानका अध्यक्ष नरेन्द्र अधिकारी, हिसानका काठमाण्डौका सचिव राजेन्द्र अधिकारी, र एञ्जल्सहार्टका प्रीन्सिपल धन बहादुर पुन लगायतले पुरस्कार प्रदान गरे ।

भलिबल प्रतियोगितामा कुल १४ कलेको सहभागीता रहेको थियो । हिसान खेलकुद सप्ताह अन्र्तगत फुटसल, बास्केटवल, भलिवल, चेस प्रतियोगिता भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...