हिसान खेलकुद सप्ताह

हिसान खेलकुद अन्र्तगत भलिवलको उपाधि एन्जलहर्ट कलेजले हात पारेको छ । वेष्ट फाईवमा आज भएको फाईनल खेलका हिमालय कलेजलाई २५–२०, ३१–२९,२५–१९ कोे सेटमा हराउदै उपाधि हात पारेको हो । माघ १७ गतेदेखि सुरु भएको खेलमा १६ टिमको सहभागिता रहेको थियो ।

त्यस्तै शुक्रवारै सम्पन्न चेस तर्फको खेलमा गोल्डेनगेट कलेजका मिलन लामाले उपाधि हात पारेका छन् । त्यस्तै गोल्डेनगेटका विवेक श्रेष्ठले द्धितिय तथा सुजना लोहनीले त्रितिय स्थान हासिल गरेका छन् ।

यसै गरि शुक्रवार भएको छात्रा तर्फको वास्केटवलमा गोल्डेनगेट र नासाले सफलता पाएका छन् । शुक्रवार भएको खेलमा गोल्डेनगेट कलेजले नेपाल मेगालाई ३७–१२ मा हराएको छ । त्यस्तै विहिवार भएको खेलमा रोजवडले पेन्टागनलाई ५४–१२, नेपाल मेगाले चानक्यले ३५–३४, र त्रिनिटि कलेजले आइस्टाईनलाई ४८–३० ले हराएको छ । त्यस्तै शुक्रवारवाट टेवलटेनिस र ब्याडमिन्टन प्रतियोगिताहरु सुरु भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...